Flash News ::
पाकिस्तानमा लकडाउन : वायु प्रदूषणको गम्भीर असर नियन्त्रण
Posted By -Rakesh Kumar Raut
- ४ मंसिर २०८१,मंगलवार Updated
- / 204 Read
काठमाडौं मङ्सिर ४ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायूको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु गुणस्तर भएका सहरहरूको सूचीमा भारतको नयाँ दिल्ली सबैभन्दा खराब एक्यूआईका साथ शीर्षमा छ । त्यसैगरी भारतका मुख्य सहरहरू कोलकाता र मुम्बई पनि खराब वायुको शिकार भइरहेका छन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR