११ श्रावण २०८३,सोमबार

अदालत उपस्थित गराइयो : दुर्गा प्रसाईंलाई

  • ५ मंसिर २०८१,बुधबार Updated
  • / 233 Read

अदालत उपस्थित गराइयो : दुर्गा प्रसाईंलाई

काठमाडौं मंसिर ५ । साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । उनले भने, ‘अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद माग्छौं । सीआईबीले प्रसाईंलाई मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो । प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।

प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ मोबाइल पनि बरामद गरेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page