Flash News ::
उच्च अदालत पाटन परिसरबाट रश्मिला धामी पक्राउ :
Posted By -Rakesh Kumar Raut
- ५ मंसिर २०८१,बुधबार Updated
- / 209 Read
काठमाडौं मंसिर ५ । पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् । बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् । ‘अदालतको गेटमा न्याय दे भनेर विष सेवन गरे जसरी ढलेको देखेपछि प्रहरीले तत्काल उद्धार गरेर अल्का अस्पताल लगेको छ’उपत्यका प्रहरी कार्यालय प्रमुख सानुराम भट्टराईले भने, ‘अब वीर अस्पताल लैजाने तयारी छ ।’ वीर अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR