Flash News ::
माइतीघरमा सहकारीपीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप :
Posted By -Rakesh Kumar Raut
- ५ मंसिर २०८१,बुधबार Updated
- / 221 Read
काठमाडौँ मंसिर ५ । थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR