११ श्रावण २०८३,सोमबार

श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ :

  • ६ मंसिर २०८१,बिहीबार Updated
  • / 222 Read

श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ :

रौतहट मंसिर ६ । रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको  बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ। चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका-१ का ५४ वर्षको वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १ हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए। बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका  जयसवाललाई  रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page