११ श्रावण २०८३,सोमबार

एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना : ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम

  • ६ मंसिर २०८१,बिहीबार Updated
  • / 197 Read

एउटै गाडीलाई ५४ हजारसम्म जरिवाना : ओभरलोड बिरुद्ध बागमती ट्राफिक निर्मम

काठमाडौँ  मंसिर ६ । नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट काठमाडौँतर्फ आउने मालवाहक सवारीलाई ट्राफिक प्रहरीले ५४ हजार रुपैयाँसम्म जरिवाना गरेको छ । ओभरलोड बोक्ने सवारीविरुद्ध निर्मम भएर कारबाही थालिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए । उनले भने, ‘चितवनको आँपटारी र धादिङको नौबिसेमा तौलपुल छ त्यहाँ तौल लिँदा भार धेरै बोकेको भेटिए कारबाही गर्छौँ ।’ओभरलोडका कारण धेरै दुर्घटना हुने र त्यसबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ओभरलोड विरुद्ध अभियान सुरु गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘मालवाहक मात्र नभएर यात्रुवाहक सवारीलाई पनि ओभरलोड अवस्थामा भेटिए कारबाही गर्न मातहतका सबै जिल्लामा भनिएको छ ।’ सड्क पूर्वाधार कमजोर भएको अवस्थामा ओभरलोड सामान बोकेको सवारीसाधन ब्रेक नलाग्ने, घुम्तीमा गाडी सजिलै नमोडिने र दुर्घटनाको जोखिम अत्यधिक हुने गर्छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page