Flash News ::
१७ जना घाइते : वीरगन्जबाट पोखरा जाँदै गरेको बस दुर्घटना
Posted By -Rakesh Kumar Raut
- ७ मंसिर २०८१,शुक्रबार Updated
- / 262 Read
मकवानपुर मंसिर ७ । मकवानपुरको हेटौँडामा यात्रु बस दुर्घटना हुँदा १७ जना घाइते भएका भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रु बाहक बस शुक्रबार ब्रेक फेल भई चुरियामाई मन्दिर नजिकै पर्ने पूर्व पश्चिम सडक खण्डको रातोपाटे भन्ने स्थानमा दुर्घटना हुँदा बसमा सवार रहेका १८ मध्ये चालक सहित १७ जना घाइते भएका हुन् । मकवानपुर प्रहरीका अनुसार बाराको पर्सैनि गाउँपालिका वडा नम्बर ३ का ९ वर्षकी जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर रहेको छ । उनको टाउकोमा चोट लागेको छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR