११ श्रावण २०८३,सोमबार

प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त :

  • ७ मंसिर २०८१,शुक्रबार Updated
  • / 203 Read

प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त :

काठमाडौं मंसिर ७। नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेकाे छ । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली अहिले दरबारमार्ग भेला हुने क्रम जारी छ । एमालेले सभाअघि विभिन्न स्थानबाट र्‍याली निकालेको थियो । यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको हो । ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ-जाउ गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page