२३ जेष्ठ २०८३,शनिबार

कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल :

  • ७ मंसिर २०८१,शुक्रबार Updated
  • / 192 Read

कीर्तिपुरमा माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल :

काठमाडौं मंसिर ७ । नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिकाका उम्मेदवार प्रा.डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शुक्रबार उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा लगायतको उपस्थितमा आयोजित कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा.डा.शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा  उल्लेख गरिएको छ ।  विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page