अभियान सुरु : नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’
- ९ मंसिर २०८१,आईतवार Updated
- / 200 Read
काठमाडौँ मंसिर ९ । प्रशासनिक संयन्त्रप्रति नयाँ पुस्ताको विश्वास बढाउन र सरकारी कार्यालयको सेवाबारे जानकारी गराउने उद्देश्यले अभियान सुरु गरिएको नवलपरासी पूर्वका प्रजिअ अरुण पोखरेलले बताए । जिल्ला प्रहरी प्रमुख कावासोतीस्थित मध्यविन्दु क्याम्पसका विद्यार्थीहरूसँग छलफल र प्रस्तुतीकरण गरेर अभियान सुरु गरिएको छ । शुक्रवार मध्यबिन्दु क्याम्पसका विद्यार्थीहरूसँग प्रमुख जिल्ला अधिकारी पोखरेल, नवलपरासी पूर्वका एसपी यादव ढकाल, ट्राफिक प्रहरीका इन्स्पेक्टर र राजस्व कार्यालयका प्रमुखले सरकारले प्रदान गर्ने सेवाबारे छलफल र अन्तरक्रिया गरेर अभियान सुरु गरेका हुन् । देशप्रतिको सम्मान बढाउन स्कुल र कलेजहरूमा नै गएर निरन्तर छलफल गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको योजना छ । आगामी ३ महिनामा सबै पालिकाका १२ वटा शिक्षण संस्थामा पुग्ने योजना रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR