१२ श्रावण २०८३,मंगलवार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु :

  • ११ मंसिर २०८१,मंगलवार Updated
  • / 214 Read

सवारी दुर्घटनामा तीन जनाको मृत्यु :

काठमाडौं मंसिर ११ । सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सिराहा, बरियारपट्टी गाउँपालिका-३ बलुवा टोलस्थित सडकमा ज.१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । सिन्धुली, मरिण गाउँपालिका-७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा.प्र ०३-००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका-७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र.१-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल-०१ एडी ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page