११ श्रावण २०८३,सोमबार

सेमिफाइनलमै टुङ्गियो : नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा

  • १६ मंसिर २०८१,आईतवार Updated
  • / 207 Read

सेमिफाइनलमै टुङ्गियो : नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा

काठमाडौं मंसिर १६ । पाकिस्तानमा जारी ब्लाइण्ड टी २० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल  पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने  बाबर अलीले ३२ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार हो । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page