५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक :
- १६ मंसिर २०८१,आईतवार Updated
- / 213 Read
काठमाडौं मंसिर १६ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ । जसले बजारमा अधिक रहेको तरलता प्रशोचन हुन्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा पनि भनिन्छ । राष्ट्र बैंकले तरलता प्रशोचनका लागि दुवै विकल्प प्रयोगमा ल्याएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि अन्तरबैंक ब्याजदर घट्दै जाँदा राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गर्छ । मौद्रिक नीतिमा केन्द्रीय बैंकले अन्तरबैंक दर नीतिगत दरको करिब राख्ने घोषणा मौद्रिक नीतिमा गरेको थियो । तर, त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । आइतबार २१ दिनका लागि ५० अर्ब निक्षेप बोलकबोल हुने भएको छ । जसका लागि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । उक्त उपकरणमा लगानी गर्नेले साँवा र ब्याज ७ पुसमा पाउनेछन् । बोलकबोलमा भाग लिनेले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR