Flash News ::
जनकपुरविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्दै :
Posted By -Rakesh Kumar Raut
- १७ मंसिर २०८१,सोमबार Updated
- / 216 Read
काठमाडौं मंसिर १७ । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । टीयू क्रिकेट ग्राउन्डमा जनकपुर बोल्टस्विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् । जनकपुर बोल्टस्ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ । जनकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् । आजै बिहान भएको दोस्रो दिनको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन राइनोजले विजयी सुरुआत गरेक छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR