११ श्रावण २०८३,सोमबार

घुस रकमसहित रोल्पा ट्राफिक प्रमुख ललितकुमार बुढाथोकी अख्तियारको नियन्त्रणमा :

  • १७ मंसिर २०८१,सोमबार Updated
  • / 198 Read

घुस रकमसहित रोल्पा ट्राफिक प्रमुख ललितकुमार बुढाथोकी अख्तियारको नियन्त्रणमा :

काठमाडौं मंसिर १७ । रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित रंगे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । उनलाई २५ हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page