१२ श्रावण २०८३,मंगलवार

रविलाई बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगियो :

  • १८ मंसिर २०८१,मंगलवार Updated
  • / 205 Read

रविलाई बयानका लागि चितवन सरकारी वकिल कार्यालय लगियो :

काठमाडौं मंसिर १८ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट भर्खरै सरकारी वकिलको कार्यालयमा पठाइएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो । काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍यााइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो । यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page