११ श्रावण २०८३,सोमबार

प्रहरी : चालक निदाएपछि चन्द्रनिगाहापुरमा स्कार्पियो दुर्घटना

  • २५ मंसिर २०८१,मंगलवार Updated
  • / 251 Read

प्रहरी : चालक निदाएपछि चन्द्रनिगाहापुरमा स्कार्पियो दुर्घटना

काठमाडौँ मंसिर २५ । रौतहटको चन्द्रपुरस्थित धन्सार–लमाहा खण्डमा गएराति स्कर्पियो दुर्घटना चालक निदाएका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीका अनुसार घटनामा मृत्यु हुने ८ जनाको पहिचान खुलेको छ । बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो सडकबाट दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी दिलीप घिमिरेले जानकारी दिए । मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ स्स्कार्पियो चालक श्रीकुमार यादव, यात्रुहरू ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले जानकारी दिए । घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page