अधिकार रक्षाका लागि : एकताबद्ध हुन प्रचण्डको अपिल
- २५ मंसिर २०८१,मंगलवार Updated
- / 197 Read
काठमाडौँ मंसिर २५ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा चुनौती खडा गरेको बताएका छन् । ‘विश्व जगतमा बढिरहेको वर्गीय द्वन्द्व, शक्तिशाली भनिनेद्वारा थोपरिएको जबरजस्त युद्ध र नरसंहार, प्रकृतिमाथिको दोहनबाट पर्वतीय मुलुकका जनताले भोग्नुपरेको पर्यावरणीय असर, नेपालमा बढ्दो भ्रष्टाचार, बेथिति र शासकीय निरंकुशताले मानव अधिकारको संरक्षण र संवर्द्धनमा चुनौती खडा गरेको छ। विश्व मानव अधिकार दिवसको अवसरमा आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यावत चुनौतीको सामना गर्दै मानव अधिकारको रक्षाका लागि एकताबद्ध हुन सबैमा आग्रह गरेका हुन् । यावत चुनौतीको सामना गर्दै मानव अधिकार रक्षाका लागि एकताबद्ध हुन सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु’, प्रचण्डले लेखेका छन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR