रूसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिने : अमेरिका
- २६ मंसिर २०८१,बुधबार Updated
- / 214 Read
काठमाडौं मंसिर २६ । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सघाउने भएको छ । बीबीसीका अनुसार यो कोष अमेरिकाले रूसबाट जफत गरेको सम्पत्तिबाट दिन लागेको हो । यो आर्थिक सहायता ५० अरब डलर प्याकेजको एक भाग हो जसको घोषणा जी ७ समूहका सदस्य देशहरूले जुनमा गरेका थिए । अमेरिकाले २० अर्ब डलरको रकम विश्व बैंकको कोषमा जम्मा गरिसकेको र त्यहींबाट त्यो रकम युक्रेनलाई उपलब्ध गराउने उनले मंगलबार जानकारी दिइन् । अमेरिकामा हालसालै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले राष्ट्रपति कार्यभार सम्हाल्ने बित्तिकै रसिया-युक्रेन युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । यही अवस्थामा अमेरिकाले यो घोषणा गरेको हो । ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई ‘अमेरिकी स्रोतमा बोझ’ भनेर टिप्पणी गरेका थिए। ट्रम्पको यस बयानपछि नयाँ प्रशासनमा युक्रेनलाई आर्थिक सहायता जारी रहन्छ कि रहँदैन भन्नेबारे शंका उत्पन्न भएको थियो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR