महोत्तरीमा : बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
- २ पुष २०८१,मंगलवार Updated
- / 244 Read
काठमाडौं पुस २ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा अन्दाजी ४५/५० वर्षको पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिए । डिएसपी जयसवालका अनुसार पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान पाँच बजे महोत्तरी ल्याइपुर्याइएको र थप अनुसन्धान भइरहेको डिएसपी जैसवालले जानकारी दिए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR