६ महिनासम्म पनि अद्यावधिक हुन सकेन उपेन्द्रको पार्टी, कागजात अध्ययन गर्दै आयोग :
- ५ पुष २०८१,शुक्रबार Updated
- / 212 Read
काठमाडौं पुस ५ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन सम्पन्न भएको ६ महिनासम्म पनि निर्वाचन आयोगमा अद्यावधिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार जसपा नेपालको अद्यावधिकका लागि आवश्यक कागजात मगाएर अध्ययन भइरहेको छ । निर्वाचन आयोग कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाकी सहसचिव इन्दिरा दहाल (भट्टराई) जसपा नेपालको अद्यावधिक हुने क्रममा रहेको बताउँछिन् । जसपा नेपालले गत जेठ अन्तिम साता जनकपुरमा महाधिवेशन सम्पन्न गरेको थियो । राजनीतिक दल सम्बन्धी ऐन अनुसार महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन आयोगलाई विवरण अद्यावधिकका लागि उपलब्ध गराउनुपर्ने हुन्छ । निर्वाचन आयोगले यसी अद्यावधिकका लागि विवरण प्राप्त भएको तीन महिनाभित्र अद्यावधिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । तर, यसअनुसार जसपा नेपालको अद्यावधिक भएको छैन । डकुमेन्टहरु थप आवश्यक भएको र त्यसको अध्ययन गर्नमा समय लागेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । अशोक राइको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेर जनता समाजवादी पार्टी बनेको छ । दल विभाजन सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको टुंगो लागेको छैन । जसपा नेपाललाई विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । तर, प्रदेश, जिल्ला र स्थानीय तहका प्रतिनिधि तथा नेता-कार्यकर्ताले कुन पार्टी रोज्ने भनेर निर्णय लिन पाएका छैनन् । निर्वाचन आयोगका अनुसार जसपा नेपालका प्रतिनिधिलाई आयोगमै बेलाएर थप छलफल गर्ने तयारी भएको छ । त्यसपछि एउटा निष्कर्षमा पुग्न सकिने अधिकारीहरूको विश्वास छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR