११ श्रावण २०८३,सोमबार

प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख :

  • ७ पुष २०८१,आईतवार Updated
  • / 216 Read

प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख :

काठमाडौं पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page