११ श्रावण २०८३,सोमबार

जनकपुरमा साधुसन्तलाई खुवाइयो खाना : एनपीएल जितेको उपलक्ष्यमा

  • ७ पुष २०८१,आईतवार Updated
  • / 214 Read

जनकपुरमा साधुसन्तलाई खुवाइयो खाना : एनपीएल जितेको उपलक्ष्यमा

जनकपुर  पुस  ७ । जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई नि:शुल्क खाना खुवाएका छन् । शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो । जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आइतबार साधुसन्तहरुलाई भण्डारा खुवाएको उनले बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page