जनार्दन शर्मा : नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन
- ८ पुष २०८१,सोमबार Updated
- / 183 Read
काठमाडौँ पुस ८ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा श्रमजीवी पत्रकार बन्न सहज नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले पत्रकारका समस्या समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाए । ‘यहाँ नेता हुन पनि सहज छैन । किसान हुन पनि सहज छैन । वकिल हुन पनि सहज छैन । पत्रकार हुन पनि सहज छैन । कति सहज छ भन्ने कुरा घटनाक्रमबाट तपाईँले देखिराख्नुभएको छ’, उनले भने, ‘हरेक ठुला मिडिया हाउसमा समस्या देखिराखेको उनले यी समस्यालाई संसद्सम्म लैजान मेरो प्रतिबद्धता रहन्छ । हामी नागरिक भएकाले पत्रकार पनि र राजनीतिज्ञ पनि बन्न मिल्छ तर असल पत्रकारकारको नेतृत्व महासङ्घले गरेको छ । उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए । जो कोहीबाट गल्ती हुनसक्ने भएकाले त्यसलाई इमानदारिताका साथ सच्याएर जान सकिने उनले बताए । समग्र सञ्चार क्षेत्रलाई घटना विशेष वा केही लेखेको आधारमा समाचारको कोणबाट हेर्नु उचित नहुने र न हेरिने शर्माले बताए ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR