११ श्रावण २०८३,सोमबार

सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

  • ९ पुष २०८१,मंगलवार Updated
  • / 204 Read

सरकार सञ्चालनबाट जनता सन्तुष्ट छैनन्: नेतृ सङ्ग्रौला

बुटवल  पुस ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडी बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो । कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनताले सरकारबाट विकासको अनुभूति नगरेको पाएको उनले जानकारी दिइन् । वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् । यद्यपि सरकारमा २०८४ सालसम्मै कांग्रेस र एमालेबीच सहकार्य हुने उनले बताइन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page