११ श्रावण २०८३,सोमबार

क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा : २ जना पक्राउ

  • ९ पुष २०८१,मंगलवार Updated
  • / 201 Read

क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा : २ जना पक्राउ

काठमाडौं  पुस ९ । आकर्षक तलबमा क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका-८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय सञ्जय साह बानियाँ रहेका छन् । मगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितसँग ५ लाख ७५ हजार रूपैयाँ र सञ्जयले साइप्रस पठाइदिन्छु भन्दै १ जनासँग ४ लाख ६० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । खटिएको प्रहरीले मगरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट र सञ्जयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page