११ श्रावण २०८३,सोमबार

ईश्वर पोखरेल : मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक

  • १० पुष २०८१,बुधबार Updated
  • / 194 Read

ईश्वर पोखरेल : मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक

काठमाडौँ पुस १०। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–नेपाली कांग्रेसबिच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पोखरेलले विभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबिच सहकार्य भएको स्मरण गर्दै अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबिच सहकार्य भएको बताएका हुन् । उनले एमाले–कांग्रेसबिचको सहमति सत्ताका लागि नभइ मुलुकको संकट समाधानका लागि भएको उल्लेख गरे । उनले गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा जोड दिए । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page