१२९ चिनियाँ खेलाडी : चीनको छेन्दुबाट चार्टर विमानमा पोखरा आइपुगे
- ११ पुष २०८१,बिहीबार Updated
- / 311 Read
पोखरा पुस ११ । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पाेखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ । पोखराबाट ब्यवसायी, पत्रकारसहितको १ सय २० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ । 
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR