१२ श्रावण २०८३,मंगलवार

तीन जना पक्राउ : सामूहिक बलात्कारको आरोपमा

  • ११ पुष २०८१,बिहीबार Updated
  • / 211 Read

तीन जना पक्राउ : सामूहिक बलात्कारको आरोपमा

विराटनगर पुस ११ । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान,  १९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् ।  उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा  मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि युवतीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरीको भनाइ छ । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरिएको प्रहरीको भनाइ छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page