Flash News ::
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त :
Posted By -Rakesh Kumar Raut
- १२ पुष २०८१,शुक्रबार Updated
- / 176 Read
काठमाडौँ पुस १२। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू सम्झिरहेको शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु’, प्रधानमन्त्री ओलीले लेखेका छन् । सिंहको बिहीबार राति निधन भएको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR