पर्यटनमन्त्रीको नयाँ फन्डा : २०२५–२०३५ लाई ‘पर्यटन दशक’ मनाइने :
- १६ पुष २०८१,मंगलवार Updated
- / 190 Read
काठमाडौं पुस १६ । सरकारले सन् २०२३ देखि २०३२ लाई घोषणा गरेको ‘पर्यटन दशक’ कागजमै सीमित छ । उता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भने २०२५ देखि २०३५ लाई पुनः ‘पर्यटन दशक’ मनाउने भन्दै नयाँ फन्डा थालेका छन् । सरकारले एक पटक ल्याउने नीति प्रभावकारी कार्यान्वयन गर्नुको सट्टा हरेकपल्ट मन्त्री परिवर्तन भएपिच्छे आउने नयाँ–नयाँ फन्डाले पर्यटन क्षेत्रमा सोचेजस्तो विकास हुन सकेको छैन । यसअघि सरकारले भ्रमण वर्ष २०२० घोषणा गरी २० लाख पर्यटक भित्र्याउने योजना बनाएको थियो । यसलाई कोरोना महामारीले असर गरेको थियो । सरकारले २०२३ देखि मनाउने भनेको पर्यटन दशक कार्यविधि अभावले मनाउन नसकिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । सरकारले पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन,’ नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवमा मन्त्री पाण्डेले भने, ‘सरकारले अब २०२५ देखि २०३५ लाई पर्यटन दशकका रूपमा मनाउने छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR