Flash News ::
सप्तरीमा एक जनाको मृत्यु : नम्बर नखुलेको सवारीको ठक्करबाट
Posted By -Rakesh Kumar Raut
- १९ पुष २०८१,शुक्रबार Updated
- / 219 Read
काठमाडौं पुस १९। सप्तरीमा मर्निङ वाकमा निस्केका एक व्यक्तिको गाडीको ठक्करबाट मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका ३ स्थित कदमाहा–गाईघाट सडक खण्डमा पहिचान खुल्न नसकेको सवारीको ठक्करबाट सोही नगरपालिका–३ का ६० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई नम्बर नखुलेको सवारीले ठक्कर दिएको सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । प्रहरी उपरीक्षक खतिवडाका अनुसार ठक्कर दिने सवारीको खोजी भइरहेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR