११ श्रावण २०८३,सोमबार

बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी :

  • १९ पुष २०८१,शुक्रबार Updated
  • / 211 Read

बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी :

काठमाडौं पुस १९। बागमती प्रदेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश गर्ने मुख्य आठ वटा नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी गरेको हो । तीन चरणमा गरेर सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । पहिलो चरणमा मकवानपुरको रातमाटे र सिन्धुलीको भीमानमा सुरक्षा पोस्ट राख्ने तयारी अघि बढाइएको छ । दोस्रो चरणमा चितवनको मुग्लिन र नारायणगढमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ । तेस्रो चरणमा सिन्धुलीको नागथान, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी र दोलखाको तामाबगरमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page