११ श्रावण २०८३,सोमबार

घनश्याम भुसाल : केपी ओलीजी फासिष्ट बन्नेमै हुनुहुन्छ

  • २२ पुष २०८१,सोमबार Updated
  • / 203 Read

घनश्याम भुसाल : केपी ओलीजी फासिष्ट बन्नेमै हुनुहुन्छ

काठमाडौँ पुस २२। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वर्तमान सत्ताको फासिष्ट र सडकको अराजकता विरुद्ध उभिन पार्टी पंक्तिलाई अपिल गरेका छन् । पार्टी निर्वाचन आयोगका पदाधिकारीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो अपिल गरेका हुन् । उनले वाम आन्दोलन संकटमा परेकोमा चिन्ता प्रकट गरेका छन् । ‘अहिले वाम आन्दोलन संकटमा छ । यसको अर्थ हामी संकटमा छौँ । वर्तमान संटक टार्न सक्यौँ भने मात्रै राष्ट्रको संकट टर्छ । यसका निम्ति हामी नयाँ ढंगले जानुपर्ने हुन्छ । महासचिव भुसालले राष्ट्रिय राजनीतिमा पार्टीले कसरी र कस्तो भूमिका खेल्ने भन्नेबारेमा हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले योजनाहरू अघि सारिसकेको स्मरण गराउँदै जनताको बिचमा जाने र आन्दोलनद्वारा पार्टी निर्माण गरेको खण्डमा मात्रै वर्तमान जडता चिर्न सकिने बताए । ‘अहिले ओलीजी ठुलो संटकमा हुनुहुन्छ । जो संकट उहाँ आफैले सिर्जना गर्नुभएको हो। वर्तमान गठबन्धन सत्ता लेनदेन मात्रै हो। अहिले ओलीजी फासिस्ट बन्नेमै हुनुहुन्छ । अझैँ फासिस्ट बन्दै जाने देखिन्छ’, भुसालको भनाइ छ । राजनीतिक अभियान सुरु गर्नुपर्छ । त्यसको निम्ति पार्टीका सबै संरचनाले काम गर्नुपर्छ। पपुलिजमले लोकतन्त्रलाई हानि गर्न । हुँदाहुँदै भीम रावलले दोस्रो जनआन्दोलनमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता एजेण्डा थिएन भन्नेमा पुग्नुभएछ। यो निक्कै डरलाग्दो विषय हो। यो सामान्य कुरा होइन’, भुसालको भनाइ छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page