५ बैशाख २०८३,शनिबार

एकजना पक्राउ : सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट,

  • २३ पुष २०८१,मंगलवार Updated
  • / 169 Read

एकजना पक्राउ : सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट,

काठमाडौं  पुस २३। सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङ छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनको ढिक्का एक थान र औठी एक थानसहित उनी पक्राउ परेका हुन् । एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page