हात्तीले ३ घर भत्कायो : मोरङ
- २४ पुष २०८१,बुधबार Updated
- / 216 Read
विराटनगर पुस २४। नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो । प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ । स्थानीय राईको घरको कच्ची बेरा पनि हात्तीले भत्काएको हो । बिहान बस्ती पसेको हात्ती तीन वटार घरमा क्षति पुर्याएपछि पुन जंगल पसेको प्रहरीले बताएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR