Flash News ::
युक्रेनको दाबी : रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको,
Posted By -Rakesh Kumar Raut
- २५ पुष २०८१,बिहीबार Updated
- / 197 Read
किभ पुस २५ । रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको दाबी युक्रेनले गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको जनाइएको छ । युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको हो । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको उनले बताए । रुसले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आतंकवाद विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह गरेका छन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR