२३ जेष्ठ २०८३,शनिबार

शाली नदीमा स्नान :

  • २९ पुष २०८१,सोमबार Updated
  • / 201 Read

शाली नदीमा स्नान :

काठमाडौं पुस २९ । आजदेखि स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत कथा सकिन्छ । स्वस्थानी एवम् माधवनारायणको पूजा सुरु भएसँगै आज बिहानै काठमाडौंको साँखुस्थित शाली नदीमा पुगेर व्रतालुले स्नान गरेका छन् । शाली नदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ । बिहान स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page