११ श्रावण २०८३,सोमबार

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ;

  • ४ माघ २०८१,शुक्रबार Updated
  • / 165 Read

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु ;

जनकपुरधाम माघ ४ ।  जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका (५) बस्ने  ६० वर्ष का सत्यनारायण साह छन् । आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page