१२ श्रावण २०८३,मंगलवार

पुरुषले आफ्नै शरीरमा आगो लगाए : प्रेमिकाले धोका दिएको भन्दै,

  • ७ माघ २०८१,सोमबार Updated
  • / 241 Read

पुरुषले आफ्नै शरीरमा आगो लगाए : प्रेमिकाले धोका दिएको भन्दै,

काठमाडौँ माघ ७।  मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् । उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ । उनीहरू दुवैजना विवाहित हुन् । अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page