चितवनमा युवक कुट्ने प्रहरी निलम्बित ;
- ७ माघ २०८१,सोमबार Updated
- / 151 Read
काठमाडौँ माघ ७। चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो । माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरीले सडकमा युवकलाई कुटपिट गरेको भिडियो सार्वजनकि भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्राधान कार्यालयले संलग्न कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको हो ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR