११ श्रावण २०८३,सोमबार

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा : एकजना पक्राउ

  • ७ माघ २०८१,सोमबार Updated
  • / 211 Read

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा : एकजना पक्राउ

काठमाडौँ माघ ७। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन् । उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page