११ श्रावण २०८३,सोमबार

प्रचण्डको जोड : कुल बजेटको ३० प्रतिशत हिस्सा शिक्षामा लगाउन

  • ७ माघ २०८१,सोमबार Updated
  • / 217 Read

प्रचण्डको जोड : कुल बजेटको ३० प्रतिशत हिस्सा शिक्षामा लगाउन

गोरखा माघ ७। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शिक्षामा आमूल परिवर्तनका लागि बजेट वृद्धि गर्नुपर्ने बताएका हुन् । उनले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको शिक्षा नीति थप प्रष्ट पारेको चर्चा गरे । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उनले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्वपूर्ण पक्ष भएको बताए । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page