५ बैशाख २०८३,शनिबार

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

  • ८ माघ २०८१,मंगलवार Updated
  • / 192 Read

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं माघ ८। तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उनले भने ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page