२३ जेष्ठ २०८३,शनिबार

प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ : शेखरको आरोप,

  • ९ माघ २०८१,बुधबार Updated
  • / 192 Read

प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ : शेखरको आरोप,

विराटनगर पुस ९। नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनको आरोप छ । ‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ?’  कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै कोइरालाले भने, ‘संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री, यो गलत हो, विलकुल गलत हो ।’ नेकपा एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् ।कोशीमा बनको संयन्त्रले केही दिनअघि सरकारलाई बजेट पुनरावलोकन गर्न निर्देशन दिएको थियो । तर बजेट पुनवलोकन नहुने सरकारले संसदीय समितिलाई जानकारी दिएको छ ।  कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘२०५१ सालमा एमालेको सरकार थियो, त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नुहुन्थ्यो,’  उनले भने,‘ हामी जस्तो मान्छे जाँदा खेरी उहाँको के काम छ भन्दै सोध्नुहुन्थ्यो, फेरि संयन्त्रले त्यही गर्न खोजेको छ ।’ संयन्त्र कम्युनिष्ट मुलुकमा मात्रै हुने उनले बताए  । ‘कम्युनिष्ट कन्ट्रीहरुमा हुन्छ संयन्त्रहरु डेमोक्रेटिक कन्ट्रीमा त देश सरकारले चलाउने हो नि ,’ उनले भने  ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page