११ श्रावण २०८३,सोमबार

३ पक्राउ : विदेश पठाउने नाममा ठगी गरेको आरोपमा,

  • ९ माघ २०८१,बुधबार Updated
  • / 226 Read

३ पक्राउ : विदेश पठाउने नाममा ठगी गरेको आरोपमा,

काठमाडौं माघ ९। वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ कि ३० वर्षीया सुमन्ता लिम्बू छिन् । पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page