११ श्रावण २०८३,सोमबार

दुःख व्यक्त : भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री,

  • १० माघ २०८१,बिहीबार Updated
  • / 228 Read

दुःख व्यक्त : भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री,

काठमाडौं माघ १०। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनाप्रति दुःख व्यक्त गरेकी हुन् । उनले दुर्घटनामा परेर नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख  गरेकी छन् । मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरिन् । गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page