११ श्रावण २०८३,सोमबार

सभामुख घिमिरे : विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं

  • ११ माघ २०८१,शुक्रबार Updated
  • / 209 Read

सभामुख घिमिरे : विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं

काठमाडौं माघ ११ । चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा विहीबार बेलुका काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो धारणा राखेका हुन् । असल मित्र र निकट छिमेकीको रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै वृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहन्छ,’ उनले भने, ‘यस सन्दर्भमा नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौं । उनले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई पर्यटन प्रवद्र्धनमा महत्वपू्र्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । ७०औं वार्षिकोत्सवले नेपाल–चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध एवम् जनस्तरको सम्बन्धलाई समेत थप सुदृढ र विकसित पार्न योगदान पुग्ने उनले विश्वास व्यक्त गरे ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page