Flash News ::
३ जना मृतावस्थामा फेला,
Posted By -Rakesh Kumar Raut
- ११ माघ २०८१,शुक्रबार Updated
- / 211 Read
काठमाडौं माघ ११ । विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका ४६ वर्षीय रूद्र गिरी बिहीबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित माछा पोखरीमा कटहरीया नगरपालिका-५ बस्ने ५८ वर्षीय रामचन्द्र राय यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सिराहाको कर्जन्हा नगरपालिका-६ बेतहास्थित पोखरीमा पनि सोही नगरपालिका-७ मरेवा बस्ने ६५ वर्षीया देवरेन देवी यादव बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR