११ श्रावण २०८३,सोमबार

एकजना कैदीको मृत्यु : जलेश्वर कारागारका

  • २० माघ २०८१,आईतवार Updated
  • / 231 Read

एकजना कैदीको मृत्यु : जलेश्वर कारागारका

जनकपुरधाम माघ २० । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए । २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो । उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page